• रोजगारदाता तथा सुपरभाइजरले दुर्घटना भएको वा त्यस बाहेक अन्य कुनै कारणले पनि मजदुरलाई शारिरीक र मौखिक दुर्व्यवहार गर्न पाउदैन। त्यस्तो भएमा श्रम मन्त्रालय वा पुलिस, अदालतमा उजुरी गरेर पीडकलाई सजाय दिने अथवा क्षतिपूर्ति दावी गर्न सकिन्छ।
  • हिंसा अन्तर्गत शारीरिक पिडा मात्र नभएर, बारम्बर मनपरी भन्ने र गालीगलौज गर्नुलाइ पनि समेटिएको छ।
  • यैान दुर्व्यवहार, यौन हिंसा, कुटपिट, निरन्तर गाली इत्यादी पिडित भएमा रोजागार सेन्टरमा उजुर गर्‍यो भने, रोजगार सेन्टरले त्यस कम्पनीमा लगातार काम गर्न असम्भव मानेको खण्डमा कम्पनी परिवर्तन गर्न सकिन्छ। यो कम्पनी परिवर्तन संख्यामा गनिने छैन।
  • शारिरीक या मौखिक हिंसाको शिकार भएमा तुरुन्तै यो कुरा साथीलाई भन्ने र प्रवासी मजदुर सहयोग संस्था वा मजदुर युनियनमा सम्पर्क गरेर संगै समस्याको सामना गर्नु ठिक हुनेछ।
  • प्रत्यक्षदर्शीको बयान तथा रेकर्ड, भिडियो खिंचेर सबुत जम्मा गर्नु महत्वपूर्ण छ।