○ काम गर्ने क्रममा घाइते भएमा तपाईंले औधोगिक दुर्घटना बिमा मार्फत उपचार गर्न सकिन्छ, र यदि उपचारको कारणले तपाईं काम गर्न असमर्थ भयो भने तपाईंले अस्थायी बिदाको ज्याला प्राप्त गर्न सकिन्छ। औधोगिक दुर्घटना बिमा 1 भन्दा बढी व्यक्ति काम गर्ने कुनैपनि कम्पनीमा लागु हुन्छ। औधोगिक दुर्घटना बिमामा दर्ता नभएको कम्पनी भएपनि यो बिमा अनिवार्य लागु हुन्छ र कुनैपनि कामदारले औधोगिक दुर्घटना बिमाबाट क्षतिपूर्ति प्राप्त गर्न सक्छन्। दर्ता(भिसा) नभएका आप्रवासी कामदारहरूले पनि औधोगिक दुर्घटना बिमाबाट क्षतिपूर्ति प्राप्त गर्न सक्छन्।
(तर, कम्पनी दर्ता नभएका र 5 भन्दा कम कामदारहरु भएका कृषि र मत्स्यपालन कम्पनीहरूमा लागु हुँदैन)
- औधोगिक दुर्घटना घटेमा कामदारहरूले कार्यस्थलको सम्बन्धित क्षेत्रमा पर्ने कोरिया श्रम क्षतिपूर्ति र कल्याण सेवा कार्यालयमा औद्योगिक दुर्घटना क्षतिपूर्तिको लागि आवेदन पेश गर्न सक्छन्।
- अर्थात्, औधोगिक दुर्घटनाको लागि आवेदन दिन रोजगारदाताको अनुमति आवश्यक पर्दैन।
- कामसँग सम्बन्धीत चोटपटक·बिरामी·असक्षमता (काममा आवागमन सहित) भएर 4 दिन भन्दा बढीको लागि उपचार आवश्यक छ वा मृत्यु भयो भने औधोगिक दुर्घटना बिमाबाट क्षतिपूर्ति प्राप्त गर्न सकिन्छ।
- औधोगिक दुर्घटना मान्य भयो भने तपाईंले उपचार खर्च, अस्थायी बिदा (काम गर्न नसक्ने अवधिको औसत ज्यालाको 70%), असक्षमता ज्याला (उपचार पछि असक्षमता रह्यो भने) इत्यादी प्राप्त गर्न सकिन्छ। औधोगिक दुर्घटना बिमा बाहेक पनि तपाईले कम्पनी विरुद्ध क्षतिपूर्तिको लागि मुद्दा दायर गर्न पनि सकिन्छ।
- औधोगिक दुर्घटना क्षेतिपुर्तीको उपचार खर्च, बिदा खर्च इत्यादीको सकिने म्याद 3बर्ष हो। त्यसैले म्याद सकिनु अघी आवेदन दिनुहोस (अपांगता भत्ता, मृतक परिवार भत्ता, अन्त्यस्टी खर्च 5बर्ष म्याद)
○ औधोगिक दूर्घटना हुंदा पालना गर्नुपर्ने क्रियाकलाप
- औधोगिक दुर्घटना भएको समय, कारण, घटनास्थलको अवस्था आदि लेखेर राख्ने (लेखेर राख्न नसकेमा आवाज रेकर्ड गरेर राख्ने)
- गम्भीर चोट लागेको खण्डमा 119 एम्बुलेन्स बोलाएर अस्पताल जाने (एम्बुलेन्सको रिपोर्ट सबुतको रुपमा प्रयोग)
- अस्पतालमा उपचार गर्दा दुर्घटनाबारे जस्ताको तस्तै बयान दिने र काम गरेको बेला वा काममा जाने आउने समयमा चोट लागेको हो भनेर जोड दिने
- त्यस बाहेक घटनास्थलको फोटो, प्रत्यक्षदर्शीको बयान (रेकर्ड) आदि सामग्री जम्मा गर्ने
- पेशागत रोगको बारेमा मजदुर युनियन वा श्रम सुरक्षा संस्थामा अग्रिम परामर्श गरी सामना गर्ने
- औध्योगिक दुर्घटना सृजना हुनसक्ने खतरनाक स्थितिबाट बच्नको लागि तुरुन्तै काम रोकेर सुरक्षित स्थानमा जान सकिन्छ।
आफुले प्रयोग गर्ने रासायनिक पदार्थको नाम लेखेर राख्ने र मजदुर युनियन वा मजदुर सुरक्षा संस्थामा सोधपुछ
- काम गर्ने क्रममा चोटपटक लागेमा वा बिमार भएमा निशर्त औधोगिक दुर्घटनाको शंका गर्नुहोस! परामर्श आवश्यक!