4-1. मजदुरले तलब पाउने बेलाको अधिकार
○ हरेक महिना तोकिएको मितीमा मजदुरलाई तलब दिनुपर्दछ।
○ मजदुर स्वयमले तलब लिनुपर्दछ ।
○ तलब दिदा चलाउन मिल्ने मुंद्रामा दिनु पर्दछ।
○ तलबको रकम एकमुष्ठ दिनुपर्दछ।
○ तलब विवरणपत्र पाउनु पर्दछ।
4-2. न्युनतम तलब र थप भत्ता
1) 2025 सालमा प्रति घण्टाको न्युनतम तलब 10,030 वन हो !
सुची | 2024 साल (01.01~12.31) | 2025 साल (01.01~12.31) |
---|---|---|
प्रति घण्टाको न्यूनतम ज्याला | 9,860 वन | 10,030 वन |
एक दिनको तलब (1 दिन 8 घण्टा) | 78,880 वन | 80,240 वन |
मासिक तलब (1 हप्ता 40 घण्टा, तलब दिने साप्ताहिक बिदा 8 घण्टा समावेश) | 2,060,740 वन | 2,096,270 वन |
सावधान !
सम्झौतापत्रमा तालिम अवधीमा भएको व्यक्ति हो भने तालिम अवधी सुरु भएदेखि बढीमा 3 महिना सम्म न्युनतम ज्यालाको 10% कटौती गर्न सकिन्छ।