- नियमित कामदार जना भन्दा बढी रहेको कम्पनी मा रोजगारदाताले रोजगार अवस्था, हाजिर भएको/नभएको, पद, उमेरको मतलब नगरी सबै महिला मजदुरलाई महिनावरी बिदा आवेदन गर्यो भने 1 महिनामा 1 पटक बिदा दिनुपर्दछ। (तथापी, महिनावरी बिदा संस्थागत सम्झौता · रोजगार नियममा उल्लेख नभएको खण्डमा वेतलबी बिदा दिन सकिन्छ)
- गर्भवती महिला मजदुर सुत्केरी भएको खण्डमा सुत्केरी अघिपछि जम्मा 90 दिन सम्मको सुत्केरी बिदा दिनुपर्दछ र माथिको बिदा मध्य सुरुको 60 दिन तलबी बिदा दिनुपर्दछ। (श्रम नियम धारा 74)
- पुरुष महिला समान रोजगार नियम धारा 19 अनुसार 8 वर्ष वा सोभन्दा मुनिको बच्चा (प्राथमिक विध्यालय 2वर्ष भन्दा मुनी) को हेरचाह गर्नको लागि बढीमा 1 वर्ष सम्मको पालनपोषण बिदा पाउन सक्छन।
- गर्भवती अवस्था वा सुत्केरी भएपछि 1 वर्ष पुरा नभएको महिला मजदुरलाई रात्रीकालिन काम र बिदाको दिन काम लगाउन निषेध छ।