• कोरियामा काम गर्ने मजदुरले नागरिकताको सरोकार बिना श्रम नियमको सुरक्षा पाउने अधिकार छ। भिसा नभएको वा प्रशिक्षार्थी भएको खण्डमा, कोरियन वंशका बिदेशी वा शरणार्थी, विदेशी विध्यार्थी, विवाहित प्रवासी महिला, प्रवासी युवाले पनि समानरुपमा श्रम नियमको सुरक्षा पाउने अधिकार छ।
  • रोजगारदाताले लिङ्गको कारणले भेदभाव गर्ने वा देश·धर्म तथा सामाजिक पहिचानका कारण मजदुरलाई भेदभाव गर्न पाउदैनन। अर्को शब्दमा प्रवासी मजदुर हुन् भन्ने कारणले गर्दा भेदभाव गर्नु अवैध हो। (श्रम नियम धारा 6) (उल्लङ्घन भएमा 500 मानवन जरिवाना पर्न सक्दछ)
  • रोजगारदाताले कुटपिट गरेर वा धम्कि दिएर जबर्जस्ति काम लगाउन हुदैन। रोजगारदाताले अनुचित रुपमा लगातार काम गराउनको लागि राहदानी वा परिचयपत्र कब्जा गर्ने वा बाहिर जान नदिने, जबर्जस्ती ओभरटाइम वा रातीको काम र बिदाको दिनमा काम लगाउन पाउदैन। (श्रम नियम धारा 7) (उल्लङ्घन भएमा 5 बर्ष मुनिको जेल सजाय तथा 3 हजार मानवन मुनिको जरिवाना पर्न सक्दछ)
  • मजदुरले जति नै ठूलो गल्ति गरेपनि रोजगारदाताले मजदुरलाई कुटपिट गर्न हुदैन। (श्रम नियम धारा 8) (उल्लङ्घन भएमा 5 बर्ष मुनिको जेल सजाय तथा 3 हजार मानवन मुनिको जरिवाना पर्न सक्दछ)
  • मजदुरले 4 घण्टा काम गरेबापत 30 मिनट भन्दा बढी, 8 घण्टा काम गरेबापत 1 घण्टा भन्दा बढी विश्राम समय पाउदछ। (श्रम नियम धारा 54)
  • मजदुरले 1 हप्तामा 1 दिन भन्दा बढी बिदाको तलब पाउने सुनिश्चित हुनुपर्छ। (श्रम नियम धारा 55)(उल्लङ्घन भएमा 2 बर्ष मुनिको जेल सजाय तथा 1 हजार मानवन मुनिको जरिवाना पर्न सक्दछ)