• UNले तय गरेको “सम्पूर्ण प्रवासी मजदुर तथा तीनका परिवारको अधिकारको सुरक्षा सम्बन्धि सन्धि” अनुसार प्रवासी मजदुरले मानव अधिकार र श्रम अधिकारको सुरक्षा पाउछन । अन्तर्राष्ट्रिय श्रमिक संगठन (ILO)को सन्धि (सन्धि143- प्रवासी मजदुरले पाउने अवसर तथा समान व्यवहार सन्धि, सन्धि111- रोजगार तथा काम अनुसार भेदभाव बारे सन्धि) अनुसार संगठित हुने स्वतन्त्रता, भेद्भाव नभएको समान व्यवहार इत्यादी मजदुरको अधिकारको सुरक्षा पाउदछन ।
  • कोरिया संविधानको धारा 33को “मजदुरले श्रमको अवस्था सुधार गर्नको लागि संगठन बनाउने अधिकार, सामुहिक रुपमा वार्ता गर्ने अधिकार, संस्थागत रुपमा क्रियाकलाप गर्ने अधिकार छ” भन्ने निती अन्तर्गत मजदुरहरुको श्रमको 3 प्राथमिकअधिकार सुनिश्चित गरेको छ। यो मजदुरहरु आफैले संस्था (मजदुर युनियन) संगठित गरी रोजगारदातासँग समान स्तरमा रही श्रम अवस्थाबारे सामुहिक रुपमा निर्णय गर्न संभव तुल्याएर मजदुरको सामाजिक र आर्थिक स्तर सुधार गर्नको लागी हो।
  • मजदुर एक्लै कम्जोर भएपनि मजदुर युनियनबाट गठित भयो भने बलियो हुन सक्दछ। श्रमका 3 अधिकारहरु 1)संगठन बनाउने अधिकार (मजदुर युनियन बनाउने अधिकार) 2)संस्थागत वार्ता गर्ने अधिकार (रोजगारदातासँग सामुहिक रुपमा वार्ता गर्ने अधिकार) 3)संस्थागत क्रियाकलापको अधिकार(मजदुर युनियनको फाइदा कार्यन्वयन गर्नका लागि जुलुस जस्ता सामुहिक क्रियाकलाप गर्ने अधिकार) हुन्।