- प्रवासी मजदुर भनेको आफ्नो जन्म स्थलछोडेर विदेश गएर श्रम गर्ने व्यक्तिलाई भनिन्छ। अर्को देशको नागरिक हो भन्दैमा श्रमको प्रकृति फरक हुदैन। सारा मजदुरले मजदुरको अधिकार समान रुपमा पाउनु पर्दछ।
※ मानिसले हामीलाई बोलाउन प्रयोग गर्ने अभिव्यक्ति मध्ये कुन चाही राम्रो होला?
▶ बिदेशी मजदुर/कामदार - 外國人勞動者 / 勤勞者 - foreign worker (कोरियन सरकार)
- मानिसले हामीलाई बोलाउन प्रयोग गर्ने शब्दहरु मध्ये कुन चाही राम्रो होला?
- विदेशी: अर्को देशको मानिस, हामीदेखि बाहिर भएको व्यक्ति, परचक्री ⇛ असमावेशी अभिव्यक्ति
▶ प्रवासी मजदुर - 移住勞動者 -migrant worker (अन्तर्राष्ट्रिय श्रमिक संगठन ILO, UN) (उचित अभिव्यक्ति )
- प्रवास: बस्दै गरेको ठाऊ छाडेर अर्कै ठाउँमा गएर बस्नु ⇛ तटस्थ अभिव्यक्ति
▶ अवैधानिक बासिन्दा- 不法滯留者 - illegal resident (अनुचित अभिव्यक्ति )
- व्यक्तिलाई ‘अवैध’ भन्नेशब्द प्रयोग गरेर नकारात्मक छवि बनाउने र व्यक्ति स्वयम् अवैध भएको भ्रममा पारेर भेदभाव र घृणा जगाउने खालको अभिव्यक्ति हो। UN, राष्ट्रिय मानवअधिकार आयोगले पनि अवैधानिक बसाई भन्ने शब्द प्रयोग नगर्न सुझाव दिएका छन्।
▶ दर्ता नभएको प्रवासी - 未登錄移住民 - undocumented migrant (उचित अभिव्यक्ति )
- अध्यागमन कार्यालयमा दर्ता नगरेको वा कागजपत्र नभएर कागजपत्र अपूर्ण भएको व्यक्ति भन्ने जनाउन अवैधको सट्टा दर्ता नभएको भनेर सम्बोधन गर्नु उचित हुन्छ। संयुक्त राष्ट्र संघ(UN) र अन्तर्राष्ट्रिय प्रवास संगठन(IOM) जस्ता अन्तर्राष्ट्रिय संगठन र राष्ट्रिय मानवअधिकार आयोगले पनि 'दर्ता नभएको' भनेर सम्बोधण गर्न जोड दिएको छ